उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

काठमाडौँ – छठ पर्वको अन्तिम दिन आज बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइएको छ । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिनसम्म मनाइने छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको छ । हिजो आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि रातभर जाग्राम बसेका व्रतालुहरूले आज बिहान सप्तमी तिथिमा उदाउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएका हुन् । यससँगै व्रतालुहरूको छठ व्रत पूरा भएको छ ।

छठ पर्व मनाइने नदी, पोखरी तथा विभिन्न जलाशयका किनारमा बिहानैदेखि व्रतालु र श्रद्धालुहरूको घुइँचो लागेको छ । पर्वका अवसरमा तराई–मधेशसहित काठमाडौँ उपत्यका र देशका विभिन्न स्थानमा नदी, पोखरी तथा जलाशयका किनारलाई सजाएर झकिझकाउ बनाइएको छ ।

यस वर्ष सरकारले छठ पर्वको समापनका अवसरमा आज पनि सार्वजनिक बिदा दिएको छ । विगतका वर्षमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिने कात्तिक शुक्ल षष्ठीका दिन मात्रै सार्वजनिक बिदा दिइँदै आएकोमा यस वर्ष षष्ठी र सप्तमी दुवै दिन बिदा दिइएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्