काठमाडौँ – सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रताप सुवेदीलाई नियुक्त गरेको छ ।
अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा गत मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुवेदीलाई बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गर्नुभएको छ । नियुक्तिपत्र हस्तान्तरण गर्दै अर्थमन्त्री वाग्लेले इमानदारी र जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्न उहाँलाई निर्देशन दिनुभएको छ ।




