काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज एक खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगिताको नवौँ खेलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स आमनेसामने हुँदैछन्। खेल साँझ ५ बजे सुरु हुनेछ। शनिबार वर्षाका कारण निर्धारित खेल प्रभावित भएको थियो। पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुने तालिका रहे पनि वर्षाका कारण खेल रद्द भएको थियो। दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सले पाँच–पाँच ओभर खेलेका थिए। उक्त खेलमा विराटनगर विजयी भएको थियो।
आज काठमाडौंमा वर्षाको सम्भावना कम रहेकाले साँझको खेल निर्वाध रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ। जनकपुर बोल्ट्सले प्रतियोगितामा आज तेस्रो खेल खेल्दैछ। यसअघि खेलेका दुई खेलमध्ये जनकपुरले एकमा जित र एकमा हार बेहोरेको छ। यता पोखरा राइनोज्ले भने अहिलेसम्म एक खेल खेलेकोमा पराजय भोगेको छ।
दुवै टोली आजको खेल जित्दै प्रतियोगितामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्।





