बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प

 

बैतडी । बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो १ बजेर ६ मिनेटमा बैतडीको अरिगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको हो।

भूकम्पको धक्का आसपासका क्षेत्रमा समेत महसुस भएको हुन सक्ने भए पनि यसको प्रभाव र क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।

भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भए–नभएको सम्बन्धमा थप विवरण प्राप्त हुन सकेको छैन।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्