काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अवसरमा आज बिहानको शुभ साइतमा टीका, जमरा र प्रसाद ग्रहण गर्नुभएको छ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरु पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गर्नुभएको हो।
आफूले टीका ग्रहण गरेपछि उहाँले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि टीका र जमरा लगाइदिनुभएको छ।
राष्ट्रप्रमुखका रूपमा परम्परालाई निरन्तरता दिँदै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकको सुख, समृद्धि, शान्ति र सुस्वास्थ्यको कामना गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।






Welcome to popups plugin