कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

 

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि गगनकुमार थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ।

थापाले मंगलबार साँझ राष्ट्रिय सभागृहस्थित निर्वाचन समितिको कार्यालयमा पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो। उहाँले साँझ ६ बजेर ५ मिनेटमा मनोनयन दर्ता गराउनुभएको जनाइएको छ। 

यसअघि निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि साँझ ६ बजेसम्मको समय तोकेको थियो। तर काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा भएको अविरल वर्षाका कारण आवागमन प्रभावित भएपछि केही आकाङ्क्षी समयमै मनोनयनस्थल पुग्न नसक्ने अवस्था देखिएको भन्दै समितिले उम्मेदवारी दर्ताको समय एक घण्टा थप गरी साँझ ७ बजेसम्म पुर्‍याएको थियो। 

सभापति पदमा यसअघि श्यामकृष्ण खड्गीले पनि उम्मेदवारी दर्ता गराइसक्नुभएको छ। 

यससँगै नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि थापा र खड्गीबीच प्रतिस्पर्धाको अवस्था बनेको छ। 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्