मीन कुमारी राणा प्रतिष्ठानद्वारा कांग्रेसको दैविक विपद् कोषमा एक लाख रुपैयाँ सहयोग

काठमाडौँ – रसुवा जिल्लामा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले मीन कुमारी राणा प्रतिष्ठान, बालकोट तथा राणा परिवारका तर्फबाट नेपाली कांग्रेसको दैविक विपद् कोषमा १ लाख १ सय ११ रुपैयाँ सहयोग गरिएको छ।प्रतिष्ठानका अध्यक्ष कविर राणाले बुधबार नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेललाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो। कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा अध्यक्ष राणाले बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो।

प्राकृतिक विपत्तिको कठिन परिस्थितिमा बाढी प्रभावित परिवारको पीडामा सानो भए पनि मल्हम लगाउन सकियोस् भन्ने मानवीय भावनाका साथ सहयोग रकम उपलब्ध गराइएको प्रतिष्ठानले जनाएको छ। विपत्तिका कारण घरबार, जीविकोपार्जन तथा आफन्त गुमाएका परिवारलाई राहत र पुनःस्थापनाका लागि थप सहयोग आवश्यक रहेको भन्दै प्रतिष्ठानले आफ्नो तर्फबाट सहयोग गरेको जनाएको हो।

विपद्को समयमा प्रभावित नागरिकको सेवा, उद्धार तथा राहतमा नेपाली कांग्रेसले अग्रपङ्क्तिमा रहेर निर्वाह गर्दै आएको भूमिकाको उच्च कदर गर्दै सहयोग गरिएको प्रतिष्ठानले जनाएको छ। साथै, आगामी दिनमा पनि विपद् तथा अन्य मानवीय संकटका समयमा नागरिकको सहयोग र सेवाका लागि यस्ता मानवीय कार्यमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता प्रतिष्ठानले व्यक्त गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्