रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएकामध्ये ७३४ जनाको शव फेला

बाढीले क्षति बनाएको त्रिशूली बजार क्षेत्रका बस्ती नुवाकोट, ११ भदौः रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीपछि त्रिशूली नदीमा आएको बाढीले क्षति बनाएको नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली बजार क्षेत्रका घर तथा बस्तीका संरचना। तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौं – रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये हालसम्म ७३४ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान ९ बजे सार्वजनिक गरेको बुलेटिनअनुसार बाढीमा बेपत्ता भएकामध्ये उक्त संख्यामा शव फेला परेको हो।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा २५९ जनाको शव फेला परेको छ। त्यस्तै नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, धादिङमा ५०, तनहुँमा ३६, नुवाकोटमा ५२ र रसुवामा १३ जनाको शव फेला परेको छ। बाढी तथा विपद्का घटनामा परेकामध्ये हालसम्म ८ हजार १८६ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

बाढीपछि बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ भने प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाको कामसमेत जारी रहेको प्राधिकरणले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्