रसुवा बाढीबाट ८ वाणिज्य बैंकका २६ कर्मचारी अझै सम्पर्कविहीन

तस्बिरःसुजन गुरुङ, गोरखापत्र

काठमाडौं – रसुवामा तिब्बततर्फबाट आएको आकस्मिक बाढीका कारण विभिन्न बैंकका ८ शाखामा कार्यरत २६ कर्मचारी सम्पर्कविहीन भएका छन् ।  टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा रहेका बैंकका शाखामा बाढीले ठूलो क्षति पुर्‍याएको छ । ती शाखामा कार्यरत कर्मचारीसँग हालसम्म सम्पर्क हुन नसकेको हो ।

बाढीका कारण प्रभु, ग्लोबल आइएमई, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, एनएमबी र माछापुच्छ्रे बैंकका शाखा कार्यालयमा क्षति पुगेको छ । बाढीले बैंकका शाखा कार्यालयसहित सञ्चार संरचनामा समेत क्षति पुर्‍याएकाले सम्पर्क स्थापित गर्न कठिनाइ भइरहेको बताइएको छ । प्रभावित क्षेत्रमा तत्काल पुगेर क्षतिको विवरण संकलन गर्ने अवस्था नरहेकाले अहिले बैंकहरूले कर्मचारीको अवस्था पत्ता लगाउने र उनीहरूको सुरक्षालाई पहिलो प्राथमिकता दिएका छन् ।

कर्मचारीको अवस्था यकिन भएपछि मात्र बैंकका भौतिक संरचना तथा अन्य सम्पत्तिमा भएको क्षतिको विस्तृत विवरण संकलन गरिने एसोसिएसनले जनाएको छ । यसैबीच, सो क्षेत्रमा रहेका विकास बैंकका शाखामा भने हालसम्म कुनै क्षतिको विवरण प्राप्त नभएको डेभलपमेन्ट बैंकर्स एसोसिएसनले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्