गण्डकी प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

राजिनामापछि सामूहिक तस्बिर पोखरा, १० भदौ (रासस) : गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा एमालेतर्फका मन्त्रीहरु बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समक्ष सामूहिक राजिनामापछि तस्बिर खिच्दै । एमालेबाट सरकारमा सहभागी भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपाली, उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल, कृषिमन्त्री भीमबहादुर कार्की र स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डेले राजिनामा दिनुभएकाे हाे ।तस्बिर: धनबहादुर गुरुङ/रासस

पोखरा-गण्डकी प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का चार मन्त्रीले सामूहिक राजीनामा दिनुभएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर चार जना मन्त्रीले राजीनामा पत्र बुझाएको प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपालीले जानकारी दिनुभयो ।

राजीनामा दिनुहुनेमा मन्त्री नेपाली, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल, स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री भीम कार्की रहनुभएको छ । एमाले प्रदेश संसदीय दलको आजको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि चार जना मन्त्रीले मुख्यमन्त्री पाण्डेसमक्ष राजीनामा दिनुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्