काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री बालेन शाहले बोलाउनुभएको आकस्मिक मन्त्रिपरिषद् बैठक जारी छ।
प्रधानमन्त्रीको आह्वानमा बसेको बैठकमा बाढीबाट भएको क्षतिको अवस्था, उद्धार तथा राहतका लागि तत्काल चाल्नुपर्ने कदम र सम्भावित थप जोखिमबारे छलफल भइरहेको छ। भोटेकोशीमा आएको बाढी रसुवाबाट नुवाकोट हुँदै धादिङ, गोरखा र चितवनतर्फ समेत फैलिएको छ। बाढीले बजार क्षेत्र, सडक तथा जलविद्युत् आयोजनामा क्षति पुर्याएको प्रारम्भिक विवरण आएको छ।
बैठकले प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा उपचारका लागि आवश्यक स्रोत–साधन परिचालन गर्ने तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ।



