एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि

 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि सुरु हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिताको मिति सार्वजनिक गर्दै एनपीएल कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुने जनाएको हो।

क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिअनुसार यसपटक एनपीएलको मिति दसैँ र तिहारको बीचमा परेको छ। तिहारका दुई दिनबाहेक अन्य दिन खेल सञ्चालन गर्ने तयारी क्यानले गरेको छ।

यसअघि एनपीएल तिहारपछि मंसिर महिनामा आयोजना हुँदै आएको थियो। तेस्रो संस्करणका लागि खेलाडी अक्सन यसअघि नै सम्पन्न भइसकेको छ भने सहभागी टोलीहरूले विदेशी खेलाडी अनुबन्ध गर्ने प्रक्रिया अघि बढाइरहेका छन्।

पहिलो संस्करणदेखि नै एनपीएलले नेपाली क्रिकेटमा लोकप्रियता हासिल गर्दै आएको छ। पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्