एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ, ८ करोड ७८ लाख रुपैयाँ अपचलनको आरोप

काठमाडौं । कर्मा छिरिङ शेर्पालाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शेर्पालाई बुधानीलकण्ठको गणेश चोक क्षेत्रबाट पक्राउ गरेको हो। ब्युरोका प्रवक्ता अनुपम शमशेर जबराका अनुसार हात्तीगौंडास्थित टुङ्गराम इन्टरनेशनल एकेडेमीको करिब ८ करोड ७८ लाख ३० हजार रुपैयाँ हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो।

सीआईबीका अनुसार विद्यालयको कार्यकारी प्रमुखका रूपमा कार्यरत रहँदा शेर्पाले विभिन्न प्रक्रिया अपनाएर व्यक्तिगत लाभ लिएको तथा संस्थालाई आर्थिक नोक्सानी पुर्‍याएको आशंकामा अनुसन्धान अघि बढाइएको छ। अनुसन्धानका क्रममा भक्तपुरको दधिकोटस्थित २९ रोपनी ४ आना जग्गा आफ्नो स्वामित्वसँग सम्बन्धित कम्पनीलाई बिक्री गरेको तथ्यसमेत फेला परेको प्रहरीको भनाइ छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्