अब नेपाल प्रहरीलाई हरेक १५ दिनमा तलब

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ देखि नेपाल प्रहरीका कर्मचारीलाई पनि हरेक १५ दिनमा तलब तथा भत्ता भुक्तानी गर्ने व्यवस्था लागू गर्ने भएको छ।

प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग (बजेट शाखा) ले देशभरका बजेट सञ्चालन गर्ने कार्यालयहरूलाई परिपत्र जारी गर्दै अर्थ मन्त्रालयको निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको निर्देशनअनुसार नयाँ व्यवस्था कार्यान्वयन गर्न भनेको हो।

परिपत्रअनुसार अर्थमन्त्रीस्तरीय निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको जेठ २१ गतेको पत्रबमोजिम आगामी आर्थिक वर्षदेखि राष्ट्रसेवक कर्मचारीलाई मासिक तलब एकमुष्ट नभई प्रत्येक १५ दिनमा अर्धमासिक रूपमा तलब–भत्ता भुक्तानी गर्ने प्रणाली लागू गरिनेछ।

नेपाल प्रहरी प्रधान कार्यालयले सम्बन्धित सबै कार्यालयलाई आवश्यक तयारी गरी उक्त व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ। साथै, प्रहरी प्रधान कार्यालयको कल्याण महाशाखालाई समेत नयाँ प्रणालीअनुसार आर्थिक तथा भुक्तानीसम्बन्धी व्यवस्थापन मिलाउन भनिएको छ।

यस व्यवस्थासँगै नेपाल प्रहरीका कर्मचारीहरूले अब महिनामा दुई पटक तलब प्राप्त गर्नेछन्, जसले व्यक्तिगत आर्थिक व्यवस्थापनमा सहजता पुग्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्