काठमाडौं – आईसीसी विश्वकप लिग-२ अन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मा भएको खेलमा नेपाल राष्ट्रिय क्रिकेट टोली ले संयुक्त राज्य अमेरिका राष्ट्रिय क्रिकेट टोली लाई ९ विकेटले पराजित गरेको छ । नेपालको शानदार जीतमा ओपनर कुशल भुर्तेल नायक बने । उनले अविजित शतक प्रहार गर्दै नेपाललाई सहज जीत दिलाए । १९६ रनको लक्ष्य पछ्याएको नेपालले ३६ दशमलव ४ ओभरमै १ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।
कुशल भुर्तेलको शानदार शतकमा अमेरिकामाथि नेपालको फराकिलो जीत





