वटा राजनीतिक दलले आज समानुपातिकतर्फका उम्मेदवारको नाम बुझाउँदै

काठमाडौं – गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा थ्रेसहोल्ड पार गरेका ६ वटा राजनीतिक दलले आज कार्यालय समयभित्र समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम बुझाउँदै छन् ।

तीन प्रतिशतको थ्रेसहोल्ड पार गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट नौ, श्रम संस्कृति पार्टीबाट चार र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार जना सांसद निर्वाचित भएका छन् ।

उनीहरुलाई आज बेलुका ५ बजेसम्म समूह मिल्नेगरी निर्वाचित उम्मेदवारको नाम पेश गर्न पत्रात्रार गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । दलबाट आएको नाम तोकेको क्लष्टर अनुसारको प्रतिनिधित्वका आधारमा भए आजै निर्वाचित उम्मेदवारको नामावली सार्वजनिक गर्ने र नमिलेमा फेरि सच्याउन समय तोकिने प्रवक्ता जिसीले बताउनुभयो ।

समानुपातिक प्रणालीबाट १ सय १० जना उम्मेदवार निर्वाचित हुने कानूनी व्यवस्था छ । एमालेले हिजो आफ्नो भागका सांसद छानिसकेको छ ।

रास्वपाले पनि आज ४८ महिला र ९ पुरुष गरी ५७ जनाको नाम छनौट गरेको र आयोगले प्रमाणित गरेपछि मात्र सार्वजनिक गर्ने बताएको छ । कांग्रेससहित अन्य दल छलफलमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्