आजदेखि पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

काठमाडौं – आजदेखि वर्षा गराउने प्रणाली पश्चिमतिर पनि विस्तार हुने भएको छ। पछिल्ला तीन/चार दिनदेखि गण्डकी प्रदेश देखि कोशी प्रदेश सम्म विभिन्न स्थानमा वर्षा भइरहेकामा आजदेखि भने पश्चिम नेपालतर्फ पनि वर्षा पार्ने प्रणाली विस्तार हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ।

महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसमविद् रोजन लामिछाने का अनुसार आगामी तीन दिन देशभर मौसम बदली हुने सम्भावना रहेको छ। उहाँका अनुसार बिहान मौसम केही खुलेजस्तो देखिए पनि दिउँसोपछि क्रमशः मौसम बदली भई वर्षा हुने सम्भावना छ।

यस्तै हावाहुरी, चट्याङ र असिनासहित कतिपय स्थानमा ठूलो वर्षा हुन सक्ने सम्भावना पनि रहेको छ। हिजो पनि देशका केही स्थानमा मध्यम वर्षा तथा कतिपय ठाउँमा असिना परेको महाशाखाले जनाएको छ।

आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेश सहित अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि घना बादल लाग्ने तथा बाँकी स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्