डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ताबारे पार्टीमा छलफल गरे

 

काठमाडौँ । आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता गर्ने विषयमा पार्टीभित्र छलफल गरेका छन् । फागुन २१ गते हुने निर्वाचनका लागि उनले गोरखा–२ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका भट्टराईलाई अन्तिम समयमा पार्टीले उम्मेदवार बनाएको थियो । तर, सो निर्वाचन क्षेत्रमा अन्य दलबाट उम्मेदवार बनेका युवाहरूले भट्टराईलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि उनले आफ्नो निर्णयबारे पुनर्विचार थालेका हुन् ।

उम्मेदवारी फिर्ता लिन आज अन्तिम दिन रहेको छ । स्रोतका अनुसार, ‘डा. साबलाई निर्वाचन लड्नेभन्दा पनि अभिभावकको भूमिका निर्वाह गर्न सबैले आग्रह गर्नुभएको छ । त्यसै कारण आज उहाँले पार्टीमा यस विषयमा छलफल गर्नुभएको हो ।’

डा. भट्टराईले उम्मेदवारी फिर्ता लिने वा कायम राख्नेबारे अन्तिम निर्णय पार्टीको छलफलपछि सार्वजनिक गर्ने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्