पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मुनकर्मीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले मुनकर्मीविरुद्ध २ करोड ५० लाख ३४ हजार रुपैयाँ बराबरको बिगो कायम गरेको जनाएको छ।

अख्तियारका अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियासँग सम्बन्धित अनियमितता र भ्रष्टाचारका विषयमा यसअघि नै अनुसन्धान गर्दै आएको थियो। यही प्रकरणमा अख्तियारले यसअघि ५ जना पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ।

पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणलाई लिएर अख्तियारको अनुसन्धान अझै जारी रहेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्