यस वर्ष दशैंका लागि अग्रिम बस टिकट बुकिङ नखुल्ने

काठमाडौं – यसवर्षको दशैं, तिहारलगायत चाडपर्वका लागि अग्रिम बस टिकट बुकिङ नखुल्ने भएको छ। मंगलबार यातायात व्यवस्था विभागमा बसेको बैठकले यात्रुहरू पहिल्यै घर जान थालेका कारण विशेष अग्रिम बुकिङ आवश्यक नरहेको निष्कर्ष निकालेको हो।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार विश्वविद्यालय–कलेज बन्द भएपछि विद्यार्थीहरूको घर जाने क्रम सुरु भइसकेकाले दशैंलाई लक्षित गरेर छुट्टै अग्रिम टिकटको व्यवस्था नगर्ने निर्णय भएको हो। उनले यात्रुहरूलाई चाडपर्वका केही दिनअघि नै टिकट लिन सक्ने व्यवस्था मिलाइएको बताए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्