संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली, रास्वपाले बहिस्कार गर्ने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्। शुक्रबार दिउँसो १ बजेदेखि बस्ने प्रतिनिधि सभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको सभामुखको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा जाँदैछन्। विदेश भ्रमणअघि र भ्रमणबाट फर्किएपछि कार्यकारी प्रमुखले संसदलाई जानकारी गराउने अभ्यास छ।

प्रधानमन्त्री ओलीले शनिबारदेखि हुन लागेको चीन भ्रमणबारे सदनलाई जानकारी गराउन लागेका हुन्। प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भए पनि प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो विरोध जारी राख्ने भएको छ। प्रमुख सचेतक सन्तोष परियारले रास्वपाले शुक्रबारको संसद बैठक पनि बहिस्कार गर्ने जानकारी दिए।

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै रास्वपा लामो समयदेखि संसद बहिस्कार गर्दै आएको छ। संसदको विशेष समयमा आफ्नो भनाइ राखेपछि रास्वपाका सांसदहरू बैठकबाट बाहिरिँदै आएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्