नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च स्तरमा

काठमाडौं, २४ साउन । शुक्रबार नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च स्तरमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिनको तुलनामा तोलामा १ हजार रुपैयाँले बढेको हो ।

यसअघि गत मंगलबार सुनको मूल्य १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको थियो, जुन त्यस समयको उच्चतम रेकर्ड थियो ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँ बढेसँगै शुक्रबार चाँदीको भाउ २ हजार ३२५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य यसअघि साउन ७ गते २ हजार ३५० रुपैयाँ पुगेको थियो, जुन हालसम्मको उच्चतम रेकर्ड हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्