गोरखापत्र आजबाट १२० वर्षमा प्रवेश, पत्रिका प्रकाशन गर्न जयपृथ्वीबहादुर सिंहले खेलेको भुमिका अविस्मरणीय

काठमाडौँ – आजदेखि गोरखापत्र १२० वर्षमा प्रवेश गरेको छ । यो आफैमा एक युगभन्दा बढी हो । शताब्दीलाई एक युग मान्ने हो भने गोरखापत्र एक युग पूरा गरी अर्को युगको यात्रामा छ । वि.सं. १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रूपमा गोरखापत्रको प्रकाशन प्रारम्भ भएको हो ।

गोरखापत्र नै मुलुकको पहिलो खबरपत्रिका हो । पत्रिकाको पर्यायका रूपमा गोरखापत्र नेपाली जनमनमा स्थापित छ । गएको वर्षदेखि राजधानीबाहिर पूर्वमा विराटनगर र पश्चिममा कोहलपुरबाट प्रकाशन सुरु भएपछि प्रदेशहरूमा बिहानको झुल्के घामसँंगै पाठकको हातहातमा हाम्रा प्रकाशन पुग्न थालेका छन् । समाज रुपान्तरण गर्न र संसार सँंगसँंगै हाम्रो सभ्यताको विकासमा पनि सञ्चार र छापा माध्यमको भूमिका सशक्त हुनुपर्छ भन्ने मान्यता स्थापित गर्न सुदृढ जयपृथ्वीबहादुर सिंहले खेल्नुभएको भूमिका हाम्रो लागि गौरबपूर्ण छ । एसिया महादेशका औंँलामा गन्न सकिने पत्रिकाहरूको लहरमा गोरखापत्रलाई स्थापित गराउन सिंहले निर्वाह गर्नुभएको भूमिका स्मरणीय छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्