प्रधानमन्त्री ओली, प्रचण्ड र नेपालबीच बालुवाटारमा भेटवार्ता, यसरी हुदैछ स्थायी कमिटी बैठकबारे तयारी

काठमाडौं – मंगलबार बिहान नेपाल कम्युनिष्ट पार्टीका तीन जना शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । तीन नेताबीच आगामी बैशाख २५ बस्ने स्थायी समिति बैठकमा पेश गर्ने एजेण्डाका बारेमा छलफल भएको बुझिएको छ ।

गत शनिबार बसेको सचिवालय बैठकमा विगतका कमिकमजोरीबारे प्रधानमन्त्री ओलीसहितका नेताहरुले आत्मालोचना गरेपनि सचिवालयबाट पद बाडफाड गर्ने निर्णयप्रति नेताहरुमा असन्तुष्टि कायमै छ । यता अध्यादेश फिर्ता भैसकेपनि कुवेलामा अध्यादेश किन ल्याइयो भनेर त्यसको जवाफ प्रधानमन्त्रीबाट खोज्ने तयारी भइरहेको छ । स्थायी समिति बैठकअघि भोलि सचिवालय बैठक बस्दैछ ।

उक्त बैठकमा अध्यक्ष प्रचण्डले तयार पारेका प्रस्तावमा छलफल गरेर स्थायी समितिमा पेश गर्ने तयारी छ । त्यसका लागि प्रचण्डले नेता माधवकुमार नेपाल र ओलीलाई छुट्टाछुटटै भेटेर छलफल गरेको स्रोतको दाबी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्