सालीसँगको प्रेम सम्बन्धका कारण श्रीमतीको हत्या

जनकपुरधाम – धनुषाको मिथिला नगरपालिका वडा नम्बर ९ स्थित लालभिट्टीका २८ वर्षीय हरि चौहानले श्रीमतीको हत्या गरेका छन् । आरोपित चौहानले २५ वर्षीया पत्नी विणा चौहान लामाको हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतीले आफ्नी बहिनीसँग अबैध सम्बन्ध राखेको आरोप लगाउँदै मानसिक यातना दिएपछि आवेशमा आएर उनले बिणाको हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको प्रहरीले जनाएको छ ।

चौहानले विणालाई बलो काट्ने बहानामा लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा लगेर शलले घाँटी बेरेर हत्या गरि शवलाई जंगलमै गाडेको अवस्थामा प्रहरीले ४ दिनपछि उत्खनन् गरेर निकालेको थियो । बैशाख १८ गते बिहीबार साँझ करिब साढे ५ बजेको समयमा विणालाई बलो काट्न जंगल जाउँ भन्दै त्यहाँ लगेर घाँटीमा शल बेरेर उसको हत्या गरी शवलाई जंगलमै गाडेको कुरा चौहानले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

बिणाको हत्या गर्नुपूर्व चौहानले खाल्टो खनेर तयार पारेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्