साउदीमा रहेका नेपाली कामदारको गुनासो दुतावास फोन उठाउँदैन, परराष्ट्र भन्छ गृहकार्य गर्दैछौँ

काठमाडौँ – रोजागरिको लागि साउदी अरब गएका सल्यान घर बताउने एक जनाले आइतबार उपहारखबर कर्मी डम्बर मिश्रलाई फोन गरेर समस्या परेको र उद्धारको लागि प्रयास गरिदिन आग्रह गरे । के समस्या छ भन्दा उनले काम नभएको र खाना बस्न समेत समस्या भएको सुनाए । उनले भने, “अहिले काम छैन, भएको पैसा पनि सकियो, मालिकले मतलब गर्दैन, साह्रै समस्यामा छु सर” उनलाई दुतावसाको नम्बर उपलब्ध गराएर त्यो नम्बरमा सम्पर्क गर्न भने । त्यसपछि उनले दुतावासले फोन नउठाएको गुनासो गरे ।

त्यसपछि हामीले परराष्ट्र मन्त्रालयमा फोन गर्दा एक जना परराष्ट्र अधिकारीले भने, “साउदी अरबको दुतावास सबैभन्दा बढिले फोन उठाउँछ, साउदीमा खान र बस्न कसैलाई समस्या छैन, लकडाउनले गर्दा काममा केहि समस्या होला, त्यो विश्वकै समस्या हो तर खान र बस्नकोलागि साउदीमा समस्या छैन” । फेरी पनि फोन गर्ने प्रयास गर्न र समस्या बारे दुतावासमा जानकारी गराउन ती अधिकारीले सुझाव दिए ।

भारतमा रहेका नेपालीहरुलाई पनि नेपाल भित्र्याउने तयारी के हुदै छ भन्ने जिज्ञासामा ती अधिकारीले विदेशमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्थाप्रति सरकार एकदम सचेत रहेको बताए । उनले भने “हामी तयारी गर्दैछौ, क्वारेन्टाइन व्यवस्थित गर्ने, परीक्षणको दायरा बढाउने, थप स्वास्थ्य सामाग्रीहरुको व्यवस्था गर्न गृहकार्य गरिहेका छौँ ।” विश्वभरी महामारीको रुपमा फैलिएको यो भाइरसको महामारीबाट हामी पनि प्रभावित छौँ त्यो कुरालाई मध्यनजर गर्दै सबैले संयमित हुनुपर्छ उनको भनाइ थियो । उनले भारतमा रहेका नेपालीहरुको उद्धारको लगि भरातसँग कुटनीतिक पहल भइरहेको पनि जानकारी गराए । उनले भने “भारतमा रहेका नेपालीहरुको उद्धारको लागि कुटनीतिक पहल भइरहेको छ, उतै काम गर्न चाहनेहरुकालागि सुरक्षित काममा फर्काउन कम्पनिहरुसँग आग्रह गरिने छ भने जसलाई नेपाल आउनै पर्ने हो उनीहरुको विषयमा सरकारले आवश्यक गृहयकार्य गरिहेको छ ।” भारतमा ४० देखि ५० लाख नेपाली रहको अनुमान छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्