एडीबीले नेपाललाई ३० अर्ब सहायत ऋण सहयोग गर्ने

काठमाडौं – एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई २५ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ । बैंकले २५० मिलियन अमेरिकी डलर (करीव ३० अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण बजेट सहायताको रुपमा प्राप्त हुने र अनुदान सहयोगमा तीन लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामग्री प्रदान गर्न लागेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

बुधबार अर्थमन्त्री डा. युवराज खतिवडा र एशियाली विकास बैकका अध्यक्ष मासाचुगु आसाकावाबीच टेलिफोन वार्ता भएको छ । वार्तामा उक्त सहायता उपलब्ध गराउन लागेकोमा अर्थमन्त्रीले अध्यक्ष आसाकावालाई धन्यवाद व्यक्त गरेका छन् ।

अर्थमन्त्री डा. खतिवडा र अध्यक्ष आसाकावा बीच कोभिड( १९ का कारण परेको असर र त्यसमा बैंकले गर्न सक्ने सहयोगबारे छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ । उक्त अवसरमा अर्थतन्त्रमा पार्ने प्रभाव, एशियाली विकास बैकले नेपाललाई गरिरहेको सहयोग र आगामी दिनमा नेपालको विकासका प्राथमिकताका क्षेत्रमा बैंकले गर्न सक्ने थप सहयोगका विषयमा छलफल भएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्