राष्ट्रिय फोटो पत्रकार समूह कञ्चनपुर शाखाको अध्यक्षमा पत्रकार चन्द्रकान्त जोशी चयन

काठमाडाैं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) कञ्चनपुर शाखाको अध्यक्षमा पत्रकार चन्द्रकान्त जोशी चयन भएका छन् । आइतबार उनको नेतृत्वमा ७ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको हो।

समितिको अध्यक्षमा जोशीसँगै उपाध्यक्षमा महादेव अवस्थी, सचिवमा सुजित रमेश सिनाल, कोषाध्यक्षमा भुपेन्द्र वली, सदस्यमा प्रकाश भट्ट,  ईश्वरी नेगी र कल्पना साउद चयन भएका छन्।

अध्यक्षको जिम्मेवारी पाएसँगै नवनिर्वाचित अध्यक्ष जोशीले समूहको विधि विधान र नीति भित्र रहेर जिल्लाको महत्पूर्ण क्षेत्रहरूको प्रचारप्रसार गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । स्थानीय तहहरु र पत्रकार महासंघसंग सहकार्य गरेर काम गर्ने समेत बताएका छन् ।

पत्रकारितामा स्नातक सकेर स्नातोकोत्तरको पढाइलाई निरन्तरता दिदैँ आइरहेका जोशी हाल ए एन एन नेपालका प्रबन्ध निर्देशक समेत हुन् । काठमाडाैँको पेप्सीकोलामा ए एन एन मिडियाको कार्यालय रहेको छ भने कञ्चनपुरमा समेत शाखा कार्यालय रहेको छ ।

पर्यटन क्षेत्रको उजागर गर्न रुचि राख्ने पत्रकार जोशी लामो समयदेखि भिडियोग्राफि, फोटोग्राफि लगायत प्रचार प्रसारका भिडियो सामाग्रीहरु निर्माण गर्दै आइरहेका छन् । कञ्चनपुरमा जन्मेका जोशी कुशल सञ्चारकर्मीसँगै युवा पुस्ताका ढुकढुकी हुन् । विभिन्न राष्ट्रिय पत्रिकामा कञ्चनपुर संवाददाताको रुपमा समेत उहाँले काम गरिसक्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्