सुहाङको प्रतिनिधिसभा सदस्यको शपथ आज

काठमाडौं । इलाम- २ को उपनिर्वाचनमा विजयी नेकपा एमालेका सुहाङ नेम्वाङको प्रतिनिधि सभा सदस्यको शपथ आज हुदै छ ।

नेम्वाङलाई सभामुख देवराज घिमिरेले आज बिहान सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभा हालमा शपथ ग्रहण गने कार्यक्रम रहेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

बैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्