एक्कसी परेवा आएपछि भावुक बने उम्मेदवार सिंह

बझाङ – सबै जना घरदैलोमा भोट माग्दै थिए । कोही मतादातालाई रिझाउन थालेका थिए । कोही माईकिड्ढ गरेर प्रचार प्रसारमा ब्यस्त थिए । उम्मेवार शवारी दुर्घटनामा निधन भएका बुवा आमाको आशिकमा समेत रहेका सिंह पनि सेतोमा सबैलाई ममता र सन्त्वना स्वरुप मत माग्दै थिए । सडकको छेउमा उम्मेवार चड्ने गाडी राखीएको थियो । गाडीको अगाडी पट्टी उम्मेदवार सिंहका बुवा स्वर्गिय पृथ्बी बहादुर सिंह र उनकी आमा अमृता देबी सिंहको फोटो सहितको पम्पलेट टासिएको थियो । त्यही छेउमा उम्मेदवार सिंह मतदाता संग कुरा गर्दै थिए । एक्कासी एउटा परेवा आएर उम्मेवार सिंहको फोटो टाँसिएको पम्पलेटमा बसेरृ उम्मेदवार अभिशेकलाई चिहाई रहे पछि सबैको ध्यान तेता तिर गयो । यो परेवा कताबाट आएर बस्यो भन्ने कसैले अत्तोपत्तो पाएनन् ।

मष्टा गाउँपालिका १ डुम्राकोटमा देखिएको एक अप्रत्यासित दृस्य थियो त्यो । डुम्राकोट लगायत त्यस भेगमा कसैले परेवा पालेको पनि थिएन् र कहिल्यै पनि त्यो क्षेत्रमा परेवा देखिएको पनि थिएन् । स्थानीय गाईगुई गर्न थाले । परेवालाई शान्तीको प्रतिक पनि मानिन्छ । उम्मेवार सिंहलाई चिहाएर बसेको परेवालाई देखेपछि भाबुक बनेका सिंहले हात दिन्छन् । परेवा उनको हातमा बसौकी नबसौ भन्ने दुबिधामा रहेको भिडियोमा पनि देखिन्छ । संगै रहेका कार्यकताहरुले उम्मेदवार सिंहका बुवा आमा परेवाको रुप लिएर आएको भन्न थालेपछि उम्मेवार सिंह भाबुक बन्छन् र परेवालाई शालिनतापुर्वक बिन्ती गरि नमस्कार गर्छन् । गाडीमा चढछन् र उनका आँखाहरु रसाउँछन् । परेवा उडेर फेरि एका एक बिलिन हुन्छ । संगै रहेका कार्यकर्ताहरुले भन्छन् यो सिंहको बिजयको संकेत हो । हिन्दु धर्म अनुसार यात्रामा परेवा देखिनुलाई शुभ संकेत मान्ने प्रचलन छ । कसरी भएको थियो सवारी दुर्घटना पृथ्बी बहादुर सिंह नेपाली कांग्रेस बझाङका प्रभावशाली नेता थिए । ३ पटक नेपाली कांग्रेसको सभापती समेत रहेका सिंह जिल्लामा बसेर गरिब दिनदुखी कार्यकर्ताको काम गर्ने नेताका रुपमा आप्mनो छबि बनाएकै कारण नेपाली कांग्रेस सभापती शेर बहादुर देउवाका बिश्वासपात्र समेत थिए । त्यही भएकै कारण उहाँलाई २०७४ सालको निर्वाचनमा प्रतिनिधी सभाको टिकट पाएका उनले थोरै मतले पराजित बेर्होनु परेको थियो । त्यै गएको निर्वाचनमा समेत प्रदेश सभा सदस्यका लागी गठबन्धनबाट साझा उम्मेवार बनेका सिहं बिजयी हुनु भएको थियो । देउवाका बिश्वास पात्र भएकै कारण २०८० साल जेठ ८ गते सिंहलाई सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मा देउवाले नै दिएका थिए । मन्त्री भई सकेपछि जिल्ला आउन समेत नपाएका सिंहले असारको पहिलो सातामा जिल्ला जाने चाजोपाजो मिलाए ।

सदरमुकाम चैनपुरमा नवनिर्मित सिंहको घरको पुजा तथा प्रतिष्ठा गर्ने, कुल देवताको पुजा गर्ने , मन्त्री भई सकेपछि नेता कार्यकर्ताहरु संग खुशी बाड्ने र मुख्यमन्त्री कमल शाह र परराष्ट्र मन्त्री एनपी साउँदलाई बोलाएर ताक्लाकोट नाकालाई बैधानिक नाका बनाउन हेकिप्टरबाट स्थलगत निरिक्षण गर्ने कार्यक्रमको तय भएको थियो । सोही कार्यक्रमका लागी असार ४ गते दिउँसो धनगढीबाट आप्mना शुभचिन्तक कार्यकर्ताका साथ निस्केर बेलुका डडेल्धुराको राईनो होटेलमा बास हुन्छ । असार ५ गते बिहान उग्रतारा मन्दिर र घटाल मन्दिरको दर्शन पछि बझाङको यात्रा हुन्छ । दुई दशक पछि बझाङको क्षेत्र नम्बर १ काग्रेसले जितेको त्यै पनि जिल्लाले मन्त्री पाए पछि सिंहको स्वागतका लागी गाउँ गाउँबाट कार्यकर्ता तथा शुभ चिन्तकहरु सदरमुकाम आउँछन् ।

सिहंको स्वागतका लागी मालाहरु, खादाहरु तयारी गरिएका थिए । सरकारी कार्यालयहरुका कार्यलय प्रमुखहरुलाई समेत मन्त्री सिहंले निर्देशन दिने कार्यक्रम समेत थियो । तर ५ गते दिउँसो एका एक मन्त्री सिहं सवारी दुर्घटना भयो भन्ने खवरले जिल्लामा मात्र नभई देश भर सनसनीपुर्ण खबर आए । सवारी दुर्घटनामा मन्त्रीकी श्रीमती अमृता देबी सिंह र आन्टीको घटनास्थलमा मृत्युभयो । मन्त्री सिंहलाई हेलिकप्टर मार्फत कोहलपुर मेडिकल कलेजमा पुर्यो । उहाँलाई त्यही मृत घोषणा पछि जिल्ला नै शोकमा डुब्यो । मन्त्रीको स्वागतका लागी तयार गरिएका मालाहरु ओईलिए । खादाहरु खेर गए । ताक्लाकोट नाकालाई बैधानिकता दिने सिंहको सपना चकनाचुर भयो । सबै कार्यक्रम चकनाचुर भए ।बागथलाबाट चैनपुर आउनका लागी लामबद्धरुपमा गाडीहरु आई रहेका थिए । सबै भन्दा अगाडी नेपाल प्रहरीको गाडीले स्कटिङ्ग गरि रहेको थियो । त्यस पछाडी मन्त्री सिंह , उहाँकी धर्मपत्नी, भाउजु र शुरक्षा गाड सवारी गाडी र त्यसपछि मन्त्री सिहंका छोरा अभिशेक सिंह र अन्य कार्यकर्ता सवारी गाडी लामबद्घ थिए ।

सबै गाडीको दुरि भनेका झण्डै १५ / २० मिटर मात्र थियो । मन्त्री सवारीको पछाडी रहेको उहाँको छोरा अभिसेकले आफ्ना बुवा शवारी गाडी दुर्घटना हुँदा प्रतक्ष आखाले देख्नुभयो । गाडी सिधै हावामा उडे पछि उहाँका छोरा अभिशेकको होस हवास नै उड्यो । मन्त्रीको निधन पछि सिंह परिबारको मात्र क्षती भएन । बझाङका जनताका बिकासका सपनाहरु समेत चकनाचुर भए । बझाङले एक दुरदर्शी नेता गुमायो । मन्त्री भएपछि जिल्लाको बिकास हुन्छ भनेर बझाङी नागरिकहरुले बोकेका सपना समेत हावामा बिलिन भए । जिल्ला नै शोकमा डुब्यो । तिनै मन्त्री सिंहका जेठा छोरा जो आफ्नो बुवाको मृत्युको साक्षी भएका थिए । आफ्नै आखाले देखेका थिए । उनै अभिशेकलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएर अहिले चुनावमा होमिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्