गृहमन्त्री रवि लामिछानेले भने – अपराधीलाई कारबाही गर्न प्रहरीले कसैको आदेश कुर्न पर्दैन

File Photo

काठमाडौं – गृहमन्त्री रवि लामिछानेले अपराधीलाई कारबाही गर्न प्रहरीले कसैको आदेश कुर्न नपर्ने बताएका छन् ।

सार्वजनिक रुपमा अपिल गर्दै गृहमन्त्री लामिछानेले गैरकानुनी काम, कर छली, गुण्डागर्दी, धाकधम्की, तस्करीलगायतका अपराध गर्ने व्यक्ति र समूहलाई कारबाही गर्न आदेश कुर्न नपर्ने बताएका हुन् ।

ऐनअनुसार कारबाही गरेर कानुनी राज्य भनेको के हो भनेर देखाइदिन निर्देशन दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस् ।,

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्