त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले हङकङविरुद्ध फिल्डिङ गर्ने

काठमाडौं – नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले हङकङसँग पहिला फिल्डिङ गर्ने भएको छ । मोङ कोकमा घरेलु टोली हङकङविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।

नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामी लगायतका पहिलो रोजाईका खेलाडी विना नै हङकङ पुगेको छ ।फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो । नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी-२० आई सिरिज भने आज आइतबार सुरु हुन लागेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्