कस्तो रहला आजको मौसम ? यस्तो भन्छ मौसम पूर्वानुमान महाशाखा !

सांकेतिक तस्बिर

काठमाडौँ – हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको महाशाखाले बताएको छ।

महाशाखाका अनुसार शनिबार दिँउसो कोशी, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने छ।
बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले बताएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्