सर्वोत्तम सिमेन्टको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ – सर्वोत्तम सिमेन्टको आइपिओ आज (शुक्रबार) बाँडफाँट भएको छ । कम्पनीले बुक बिल्डिङ प्रक्रियाबाट निष्कासन गरेको आइपिओ बाँडफाँट गरेको हो। उक्त बाँडफाँटमा गोलाप्रथामार्फत् ५५ हजार ५२१ जनाले सेयर पाएका छन्। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार २६ जनाले ५१ कित्ता र बाँकीले ५० कित्ताका दरले सेयर पाएका हुन्।

कम्पनीको आइपिओमा ९ लाख ६० हजार ३०१ जनाले आवेदन दिएकोमा १ हजार ३४२ जनाको आवेदन रद्द भएको छ।

रीतपूर्वक आवेदन दिएका ९ लाख ५८ हजार ९५९ जनालाई गोलाप्रथामा सहभागी गराइएको बिक्री प्रबन्धकले जानकारी दिएको छ।

कम्पनीले स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो। बुक बिल्डिङ प्रक्रियाबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रूपैयाँमा आइपिओ जारी भएको थियो। लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् 

नतिजा हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्