अध्यक्ष रेशम चौधरीलाई निर्वाचन आयोगले दिएन मान्यता

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रेशम चौधरीलाई मान्यता दिन निर्वाचन आयोगले अस्वीकार गरेको छ । नाउपाको भर्खर सकिएको महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको थियो ।

चौधरीले आफूलाई अध्यक्षमा अद्यावधि गर्न आयोगमा निवेदन दिएका थिए । तर उनले दिएको निवेदन दलसम्बन्धी ऐन बमोजिम नभएकाले अस्वीकार गरेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौड्यालले जानकारी दिए । ‘उहाँको अद्यावधि निवेदन दिनुभएको थियो । आयोगले राजनीति दलसम्बन्धी ऐन बमोजिम मिलेन, स्वीकार गरेन । पहिला जे थियो त्यही कायम भयो’, उनले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्