प्रचण्डले राजनैतिक बेइमानी गरेको काँग्रेसको ठहर

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्रीमाथि राजनैतिक बेइमानी गरेको आरोप लगाएको छ ।  बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको सभामुखलाई जानकारी गराउने निर्णय गरेको छ । साथै काँग्रेसले प्रचण्डले गठबन्धन फेर्नु राजनीतिक बेइमानी गरेको ठहर गरेको छ । प्रधानमन्त्री पुपष्कमल दाहालजीले हामीलाई विवासघात गर्नुभयो र गठबन्धन भत्काउनुभयो,’ कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भयो, ‘यसलाई हामीले राजनैतिक बेमाइनी ठहर गरेका छौं ।’

संविधानको रक्षा, गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, सुशासन विकास र स्थिरिताका लागि गठबन्धन गरेर चुनावमा गएको र त्यसक्रममा भएको सहमतिप्रति आफू प्रतिबद्ध रहेको बेला प्रधानमनत्रीले अविश्वसनीय ढंगले गठबन्धन तोडेको कांग्रेसको निष्कर्ष छ ।

गठबन्धन तोडेर प्रधानमन्त्रीले देशलाई अस्थिरता र अनिश्चिततातर्फ लगेको कांग्रेसको आरोप छ । संघीय संसदमा प्रमुख विपक्षी दलका हैसियतले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने कांग्रेसले बाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्