कांग्रेसका मन्त्री गुरूङले छाडे सरकारी निवास

काठमाडौं – प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्डले गठबन्धन छाडेर नेकपा एमालेसँग नयाँ गठबन्धन गरे पछि कांग्रेसका मन्त्रीहरू अन्यौलमा परेका छन् । राजिनामा पनि नदिने भन्ने अडानमा रहेका मध्ये नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले भने मन्त्री निवास छाडेका छन् ।

प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीलाइ पनि समावेश गरेर नयाँ मन्त्रीमण्डलको तयारी गरिरहदाँ कानुन मन्त्री गुरूङले सरकारी निवास छाडेका हुन । ‘आजबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीबाट मुक्त भएको छु,’ उनले भने, ‘मन्त्री पदबाट मुक्त भएपछि मन्त्री निवास तुरुन्त छोड्नुपर्छ भन्ने मान्यता राख्छु। त्यसैले आजै ४स्३० बजे मन्त्री निवासबाट पुरानै डेरामा फर्केको छु।
सबैलाई धन्यवाद।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्