काठमाडौँ – आठौँ अर्किड कप जुनियर फुटवल प्रतियोगिता २०८० को आज पाँचौ दिन चार खेल सम्पन्न भएका छन् । पहिलो खेल उज्वल तारा र नेक्सस स्कुलबीच भएको हो । जसमा उज्वल ताराले कुनै गोल गर्न सकेन भने नेक्सस स्कुलले ४ गोल गर्दै विजयी भएको छ । नेक्ससका जयसन कार्की र सुरज स्याङ्गटनले दुई गोल गरेका थिए । खेलमा उज्वल ताराका प्रासिस लामिछाने म्यान अफ द म्याच भए ।
यस्तै आजै माउण्ट सेब स्कुल र युनाइटेड युनिभर्सल एकेडेमी बीच भएका छ । जसमा खेल एक एक गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुट आउटबाट माउण्ट सेब विजयी भयो । जसमा ३–२ गोलको अन्तर रहेको थियो । युनाटेडका भुसाल लिम्बु भने म्यान अफ द म्याच घोषित भए ।
यस्तै आजै भएको तेस्रो खेल ब्रह्मकुञ्ज स्कुल र कौटिल्या स्कुल बीच भएको हो । जसमा कौटिल्यलाई १–० गोल अन्तरले पराजित गर्दै ब्रह्मकुञ्ज विजयी भएको छ । बह्मकुञ्जका राजदिप पण्डितले एक गोल गरेका थिए । कौटिल्यका अनिस खड्का म्यान अफ द म्याच भए ।
यस्तै आज भएको अन्तिम खेलमा श्रमशिल विद्यापिठ विजयी भएको छ । कौस्तुभ एकेडेमीलाई १–० गोलले पराजित गर्दै श्रमशिल विजयी भएको हो । कौस्तुभका रेयोण्ड भण्डारी म्यान अफ द म्याच भएका छन् ।