माओवादीको विधान अधिवेसन आज पनि, समूहगत प्रस्तुति आज पनि जारी रहने

काठमाडौं, ३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशन आज पनि जारी रहने भएको छ ।

 

पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार उदघाटन गरेको सो अधिवेसनमा आज ७ वटा समुहले आ-आफ्नो बाँकी प्रस्तुति दिनेछन् ।

हिजोसम्म २० वटा समूह मध्ये १३ समुहले आ आफ्नो धारणा राखिसकेका छन् । महासचिव देवप्रसाद गुरुङले गठन गरिएका २० वटा समूहले प्रस्तावित बिधानमा छलफल गरिसके पछि हिजोबाट प्रस्तुतिकरण सुरू भएको जानकारी दिएका छन् ।

 

अध्यक्ष प्रचण्डले बुधबार १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्न समयसिमा तोकि दिए अनुसार हिजो १३ समुहले आफ्नो सुझाव दिएर टुंगाएका हुन् ।

 

तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रुप दिइने माओवादीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्