दुई किलो चरेससहित बैतडीबाट एक जना पक्राउ

File Photo

धनगढी – दुई किलो चरेससहित बैतडी प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सिगास गाउँपालिका–९ श्रीभावरबाट बझाङको बित्थडचिर गाउँपालिका–५ का ६४ वर्षीय धौले महरलाई दुई किलोग्राम चरेससहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।

महरलाई सिगास गाउपालिका–९ श्रीभावरस्थित खोड्पे–बझाङ सडकखण्डबाट चरेससहित पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट ढोल्यामोडबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले महरलाई चरेससहित पक्राउ गरेको हो। पक्राउ परेका महरलाई इलाका प्रहरी कार्यालय पाटनमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्