बेष्ट ग्रुप भीजन स्कुलमा नयाँ भर्ना खुल्यो, सरस्वती पूजाको दिन निशुल्क स्वास्थ्य शिविर हुने

काठमाडौं – बेष्ट ग्रुप भीजन स्कुलले सरस्वती पूजाको अवसरमा नयाँ भर्ना खुलेको छ । काठमाडौँको महानगरपालिका वडा नं. ३२ मा रहेको बेष्ट ग्रुप भीजन स्कुलले विशेष छुटका साथ कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका लागि नयाँ भर्ना खोलेको हो ।
बालबालिकाहरूको चौतर्फी विकासका लागि निरन्तर क्रियाशील यस बेष्ट ग्रुप भीजन स्कुलमा अक्षरारम्भ गराउन चाहने बालबालिकाका लागि नयाँ भर्ना खुला गरिएको विद्यालयले जनाएको छ ।

श्रीपञ्चमीका दिन अर्थात फागुन २ गते अक्षरारम्भ गराउन चाहने अभिभावकहरूले विशेष छुटका साथ आफ्ना बालबालिकालाई विद्यालयमा भर्ना गराउन सकिने विद्यालयले जनाएको छ । साथै सरस्वती पूजाको अवसरमा सम्पूर्ण अभिभावकहरुका लागि निशुल्क स्वास्थ्य शिविर समेत आयोजना गर्ने भएको छ । सामान्य स्वास्थ्य परीक्षणमा सुगर, प्रेसर तथा आँखाको निशुल्क चेकजाँच गरिने विद्यालयले जनाएको छ । विहान ८ बजे १५ मिनेटदेखि दिउँसो २ बजेसम्म कार्यक्रमम आयोजना गरिने विद्यालयका संस्थापक सुनिल केसी खत्रीले जानकारी दिनुभयो । कार्यक्रम स्कुल प्राङगणमा गरिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्