एमाले दोलखाको अध्यक्षमा श्रेष्ठ विजयी

काठमाडौं, २५ माघ । नेकपा एमाले दोलखाको १०औं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा नरबहादुर श्रेष्ठ विजयी भएका छन्।

प्रतिद्वन्द्वी ईश्वरचन्द्र पोखरेललाई ९५ मतान्तरले पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन्। विजयी श्रेष्ठले ३३३ मत पाउँदा उनका प्रतिस्पर्धीहरू पोखरेलले २३८ र भरत दुलालले ३८ मत मात्रै पाए।

एमाले दोलखाको उपाध्यक्षमा ३३६ मत ल्याएर राजेन्द्र मानन्धर विजयी भएका छन्। उपाध्यक्ष पदका अर्का उम्मेदवार हिरा थोकरले २६३ मत पाएका छन्।

यस्तै, सचिव पदमा स्वयमबहादुर खड्का विजयी भएका छन्। खड्काले ३ सय ४ मत पाउँदा अर्का उम्मेदवार कृष्ण बस्नेतले २ सय ८४ मत पाए।

उपसचिव पदमा खुला पुरुषतर्फ हरि ओली र महिला उपसचिवमा कमला बस्नेत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्