दार्चुला बस दुर्घटना: घाइते १५ जनाको पहिचान खुल्यो, ४ जनालाई रेफर

दार्चुला – दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको दिवा बस दुर्घटना हुदा घाइते १५ जनाको पहिचान खुलेको छ । दार्चुला सदरमुकाम खलंगाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायात प्रा.लि.को सू.प्र.प्र.०२ ००१ ख १०३१ नम्बरको  दिवा सेवाको यात्रुवाहक बस आज विहान महाकाली नगरपालिका वडा नं. ५ को फोहरमैला विसर्जन केन्द्र नजिक दुर्घटना भएको थियो ।

जसमा चालक सहित १४ जना घाइते भएका थिए । घाइतेहरुमध्ये ११ जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भैरहेको छ भने ४ जनालाई रेफर गरिएको छ ।
घटना के कति कारणले हुन पुग्यो त्यसको अनुसन्धान प्रहरीले गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्