मिर्चैयामा नै पाइने भयो पासपोर्ट

मुकेश कुमार यादव /सिरहा ४ माघ । सिरहाको मिर्चैया नगरपालिकाले नगरवासीलाई राहदानी लिनकोलागी सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य गरेको छ।

नगरपालिकाले पालिकाबाटै राहदानी वितरण प्रक्रिया सुरु गरेपछि नगरवासीलाई राहदानी लिनकै लागी सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको हो । पालिकाबाटै राहदानी पाउन थालेपछी स्थानीयसेवाग्राहीहरु खुशी भएका छ्न् ।

नगरपालिकाले बुधबारदेखि पालिकाबाटै राहदानी वितरण प्रक्रिया थालेपछि स्थानीय सेवाग्राहीहरु खुशी भएका हुन् ।
मिर्चैया नगरपालिका प्रमुख श्रवण कुमार यादवले आज पहिलो दिन मिर्चैया नगरपालिका ६ की सर्मिला कुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवाको सुरुवात गरेको छ ।

राहदानी हस्तान्तरण गर्दै नगरप्रमुख यादवले पालिकाका जनताले राहदानी लिनकै लागि जिल्ला सदरमुकाम सिरहा धाइराख्ने अवस्थाको अन्त्य भएको जनाएको छ।

उनले भने, ‘सर्वसाधारणको बाध्यतालाई अन्त्यगर्न  राहदानीका लागि बायोमेट्रिकबाहेक आवेदनलगायतका सम्पूर्ण काम नगरपालिकाबाटै हुने बताए ।
सदरमुकाम नै जानुपर्ने बाध्यता हटाउन अन्य सेवाहरु पनि नगरपालिकामै ल्याउने प्रयत्न गरिरहेको नगरप्रमुख यादवले बताए ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्