असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री युगाण्डा प्रस्थान

माघ ४, काठमाडौँ- असंलग्न आन्दोलनका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको १९ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगाण्डा प्रस्थान गर्नुभएको छ।

माघ ५ र ६ गते हुने असंलग्न आन्दोलनका राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री बिहीबार राति २ः१५ बजे कतार एयरवेजको जहाजमार्फत कम्पाला प्रस्थान गर्नुभएको हो।

शिखर सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा  प्रधानमन्त्रीसँगै माननीय परराष्ट्रमन्त्री एनपी साउद, सम्माननीय प्रधानमन्त्रीज्यूकी छोरी गंगा दाहाल, सम्माननीय प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रुपक सापकोटा, परराष्ट्र सचिव सेवा लम्साल, परराष्ट्र मन्त्रालयका अधिकारीहरू हुनुहुन्छ।

प्रधानमन्त्रीले असंलग्न राष्ट्रहरूको सम्मेलनलाई माघ ५ गते सम्बोधन गर्नुहुनेछ। उहाँ माघ ७ गते नेपाल फर्किने कार्यक्रम छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्