न्यायाधीश अभावमा आफ्ताव आलमविरूद्ध मुद्दाकाे सुनुवाइ सर्‍याे

रौतहट,२९ पुस । माेहम्मद अफ्ताव आलमविरूद्ध मुद्दाकाे सुनुवाइ सरेकाे छ । आइतबारबाट हुने भनिएको सुनुवाई न्यायाधीश अभावमा सरेको हो ।

 

रौतहट जिल्ला अदालतमा रहेका सात जना न्यायाधीशमध्य ३ जनाको उच्च अदालतमा सिफारिस भएको ,२ जना बिदामा रहेको र गोला गर्दा रहेका दुबै न्यायाधीशको भागमा मुद्दा नपरेपछि अफ्ताव आलमविरूद्ध मुद्दाकाे सुनुवाइ सरेकाे  जिल्ला अदालतका श्रेष्तेदार उद्धव ढोडारीले बताए ।

 

उनका अनुसार सात न्यायाधीहरुमध्ये आइतबार दुईजना न्यायाधीशहरु मात्र अदालतमा उपस्थित रहेको र गोला गर्दा आलमको मुद्दा दुबैको भागमा नपरेको हो । आलमको मुद्दाको सुनुवाइ अब माघ २० वा २१ गते तिरबाट हुने ढोडारीले बताए ।

 

सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि आइतबार पेसी तोकेको थियो । गत कात्तिक तेस्रो साता अदालतले मुद्दाको गाम्भीर्यता र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्