सहकारी ठगी प्रकरणमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पराजुली पक्राउ

पर्वत, ११ पुस । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा उनलाई बुधबार दिउँसो कार्यालयबाटै प्रहरीले पक्राउ गरेको हो ।

 

सहकारी रजिस्ट्रारको कार्यालय पोखराको रजिस्ट्रार हुँदा उनले मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने क्रममा घुस लिएको आरोपमा पक्राउ गरिएको हो । पक्राउ पूर्जी जारी भएपछि केही समय फरार रहेका उनी अन्ततः बुधबार दिउँसो पक्राउ परेका हुन् ।

उनलाई १ करोड ५० लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ । रकम लिएर पनि काम नभएपछि सञ्चालकले नै प्रहरीलाई भिडियो प्रमाण उपलब्ध गराएपछि सोही आधारमा उनलाई पक्राउ गरिएको हो ।

साथै मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको आर्थिक अपचलन गरेको आरोपमा ३२ जनाविरुद्ध मुद्दा चलाएको छ ।

 

उनीहरूबाट ३१ करोड बिगो भराउनुपर्ने रायसहितको प्रतिवेदन प्रहरीले गत आइतबार सरकारी वकिलको कार्यालय कास्कीमा बुझाएको छ ।

 

तीन हजार ४४६ जना पीडित बचतकर्ताहरूले १८ करोड २३ लाख ४४ हजार ९७ रुपैयाँ ठगिएको आरोपमा जाहेरी दिएका थिए । सहकारीको वित्तीय विवरण सम्बन्धमा गरिएको अनुसन्धानका क्रममा २६ करोड ८३ लाख रुपैयाँ हिनामिना भएको देखिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्