प्रमुख निर्वाचन आयुक्त, आयुक्तसहित कर्मचारीले ७ दिनको तलब भूकम्पपीडितलाई दिने

काठमाडौं, १३ मंसिर । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तसहित कर्मचारीले जाजरकोट भूकम्पपीडितलाई सात दिन बराबरको पारिश्रमिक उपलब्ध गराउने भएको छ ।

 

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूबाट सात दिनको पारिश्रमिक तथा आयोग एवम् आयोगअन्तर्गत प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूका कर्मचारीहरू मध्ये सचिव र सहसचिवहरूबाट ३ दिन, उपसचिव र शाखा अधिकृतहरूबाट २ दिन र सोभन्दा तलका कर्मचारीहरूबाट १ दिन बराबरको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

 

प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्ति :

 

२०८०/०८/१३

आयोगको मिति २०८०/०८/१३ गतेको निर्णय बमोजिम संवत् २०८० साल कार्तिक १७ गते शुक्रबार जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको भूकम्पबाट मृत्यु भएका नेपाली नागरिकहरू प्रति आयोगको तर्पmबाट श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै तत्काल राहतको लागि नेपाल सरकारबाट स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूबाट दिन सात (७) को पारिश्रमिक तथा आयोग एवम् आयोग अन्तर्गत प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूका कर्मचारीहरू मध्ये सचिव र सहसचिवहरूबाट ३ दिन, उपसचिब र शाखा अधिकृतहरूबाट २ दिन र सोभन्दा तलका कर्मचारीहरूबाट १ दिन बराबरको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ ।

 

शालिग्राम शर्मा पौडेल
सहसचिव एवम् प्रवक्ता

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्