भूकम्पपीडितका अस्थायी आवास निर्माण गर्न सेना र प्रहरी खटाउने सरकारको निर्णय

काठमाडौं, १३ मंसिर । सरकारले जाजरकोट भूकम्पपीडितका अस्थायी आवास निर्माण गर्न सेना र प्रहरी खटाउने निर्णय गरेको छ ।

 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितका अस्थायी आवास निर्माण गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई खटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

 

‘अस्थायी आवास निर्माणमा समस्या भयो भन्ने आइसके पछाडि अस्थायी आवास निर्माणका लागि प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समिति बनेको हुन्छ, त्यसैको सिफारिसमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाउने भन्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन् ।

 

गत १७ कात्तिकमाम जाजरकोट बारेकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्