शुक्लाफाँटा नगरपालिकाद्वारा सुत्केरी महिलालाई पोषण सामाग्री वितरण

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले सुत्केरी महिलाहरूलाई लक्षित गरि पोषण सामाग्री वितरण गरेको छ । मंगलवार पिपलाडी स्वास्थ्य चौकीमा स्वास्थ्य चौकि इन्चार्ज परमानन्द भट्टको अध्यक्षता तथा नगर प्रमुख रण बहादुर महराको प्रमुख आतिथ्यता र उप प्रमुख कल्पना जोशी पन्तको विशिष्ट आतिथ्यामा ४५ जना सुत्केरी महिलालाई पोषण सामाग्री अन्तर्गत घ्यू र अण्डा बितरण गरिएको छ।


कार्यक्रममा वोल्दै नगरप्रमुख महराले वालवालिकाको नैसर्गिक अधिकारका कुरामा नगरपालिका सचेत रहेको बताउनुभयो । उहाँले भन्नुभयो ” अब कुनै वालवालिका कुपोषित हुने छैन, हामी पोषणका लागि सधै जागरुक छौँ । हामिले स्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राखेका छौँ त्यसैले सबैले घरमा जोखिम मोलेर सुत्केरी नभई स्वास्थ्य संस्थामा सुत्केरी हुनुुपर्छ । अब अन्य स्वास्थ्य सेवा लिन टाढा नगई शुक्लाफाँटामा सेवा पाईनेमा ढुक्क हुनुुहोस् ।”
उपकरणको समेत व्यवस्था भइसकेकोले अब छिट्टै एमबीबीएस सहितको सेवा उपलब्ध हुने र अस्पतालको रूपमा सञ्चालन गर्ने योजना रहेको उहाँँले बताउनुभयो ।


कार्यक्रममा बोल्दै उप प्रमुख पन्तले स्वास्थ्य संस्थाबाट भरपुर सेवा लिई अन्य स्थानमा जानुपर्ने अवस्था आएमा रिफर कागज लगि निशुल्क सेवा लिन समेत आग्रह गर्नुभयो ।


नगरपालिकाले नगरभित्रका स्वास्थ्य संस्थाबाट सेवा लिएका सुत्केरी महिलाहरूलाई पाेषण सामाग्री वितरण गर्दै आएकाे छ । जसअन्तर्गत आज पिपलाडी स्वास्थ्य चौकीमा प्रतेक सुत्केरी महिलालाइ एक क्रेट अण्डा र एक केजी घ्यू वितरण गरिएको हो ।
नगरपालिकाले पोषण कार्यक्रम अन्तर्गत विनियोजन ५ लाख वजेट शीर्षकमा टेकेर साउनयता १ सय ५१ जनालाई पाेषण सामाग्री दिइएकाे छ। वजेट अपुग भए थप गरेर भएपनि कार्यक्रमलाई निरन्तरता दिने र सबै वर्थिङ सेन्टरमा यो कार्यक्रम लागू हुने समेत मेयर महराले बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्